Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • डिआईजीको सेटिङ भत्काउन खोज्दा घुससहित इन्सपेक्टर पक्राउ

    डिआईजीको सेटिङ भत्काउन खोज्दा घुससहित इन्सपेक्टर पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ६ असार २०७७
  • 8.2K
    SHARES

    काठमाडौं। नेपाल प्रहरीका एक इन्सपेक्टर ठेकेदारसँग घुस लिँदा लिंदै रहस्यमय तरिकाले पक्राउ परेका छन्।

    प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय भिमफेदीमा कार्यरत इन्सपेक्टर रामबालक रायलाई ठेकदार दुर्गा लामासँग  १२ हजार घुस लिंदै गरेको अवस्थामा पक्राउ गरेको हो।



    शनिबार बिहान भिमफेदी– ६ स्थित सगरमाथा होटलबाट इन्सपेक्टर रायलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।



    उनलाई कारबाहीका लागि वाग्मती प्रदेश कार्यालयमा तानिएको छ ।  घुससहित पक्राउ परेका इन्सपेक्टर रायलाई अख्तियारमा बुझाउने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    स्रोतका अनुसार बालुवादेखी गिट्टीको काम गर्ने ठेकेदार लामासँग ३ नम्वर प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख डिआईजी वसन्त लामाको उठबस रहँदै आएको छ।

    इन्सपेक्टर रामबालक रायलाई ठेकेदार दुर्गा लामासँग डिआईजी लामाको चिनजान रहेको थाहा थिएन ।

    तर,  रायले ठेकेदार  लामालाई हरानी दिंदै आएका थिए । आर्थिक मामिलामा कमजोर रायलाई ठेकेदार र डिआईजीको योजनामा घुस दिन लगाएर पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार