Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • नेपाल र चीनको सीमा क्षेत्र हिल्सामा सीमा सुरक्षा चौकी स्थापना

    नेपाल र चीनको सीमा क्षेत्र हिल्सामा सीमा सुरक्षा चौकी स्थापना

    अनलाइन नेपाल
  • शनिबार, ६ असार २०७७
  • 4.3K
    SHARES

    सिमकोट। देशभरका सीमा क्षेत्रमा बीओपी स्थापना गर्ने क्रममा नेपाल र चीनको सीमा क्षेत्र हिल्सामा  सीमा सुरक्षा चौकी स्थापना भएको छ। सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) प्रजाभक्त श्रेष्ठले औपचारिक कार्यक्रमबीच सीमा चौकीको उद्घाटन गरेका हुन । सीमाको सुरक्षा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण तथा रोकथाम गर्नु बीओपीको पहिलो प्राथमिकता भएको उनले वताए ।

    सीमा सुरक्षा चौकी हाललाई भाडाको घरमा बस्नेछ । शनिबारै चौकीका लागि यसअघि सिमकोट पुगेको बस्दोबस्तीको सामान, खाद्यान्न र सुरक्षाकर्मीलाई हेलिकोप्टरबाट हिल्सा ओसारिएको थियो । केही दिनअघि मात्र बीओपी स्थापनाका लागि सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टको नेतृत्वको टोली हिल्सा पुगेर आवश्यक बन्दोबस्ती गरेको थियो ।



    देशको सीमा जोडिएको स्थापनामा सीमा सुरक्षा चौकी स्थापना हुनु हुम्लावासीको लागि गौरवको विषय भएको प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले  गिरीले बताए ।



    मोबाईल तथा फोन सम्पर्क नहुने हिल्सामा सशस्त्र प्रहरीले सञ्चार सेटबाट सम्पर्क गर्नेछ । गतवर्ष नै निर्णय भएर पनि विभिन्न कारणले स्थापना गर्न प्राविधिक कारणले चौकी स्थापना हुन सकेको थिए । केही समयअघि सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टको टोली चार हजार मिटर अग्लो नारा लेकको हिउँ छिचोलेर हिल्सा पुगेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार