Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • जनताको अग्निपरिक्षामा छौं, कसैलाई दम्भ गर्ने छुट छैन : प्रधानमन्त्री प्रचण्ड

    जनताको अग्निपरिक्षामा छौं, कसैलाई दम्भ गर्ने छुट छैन : प्रधानमन्त्री प्रचण्ड

    'जनताको दैनिकी सहज बनाउने काम गर्नेछु'

    अनलाइन नेपाल
  • शुक्रबार, २९ पुष २०७९
  • 561
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकाल चेतावनी सहितको अवसर रहेको बताएका छन्।

    राजधानीमा शुक्रबार आयोजित नेपाल हस्तकला महासंघको वार्षिक साधारण सभामा बोल्दै यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले यो कार्यकाल जनताको दैनिकीलाई सहज बनाउने सवालमा काम गर्ने बताए ।



    उनले भने, ‘प्रतिनिधि सभाको बनोट हेर्ने हो भने जनताले पुराना शक्ति र नेतृत्वप्रति निरासा पनि व्यक्त गरेका छन्। तर जनताले विवेक पुर्‍याउँदै निषेध पनि गरेका छैनन् । जनताको दैनिकीलाई सहज बनाउन म अग्निपरीक्षामा छु। यो परीक्षा पास गर्नेपर्ने स्थिति छ।’



    प्रतिनिधि सभाको परिणामले अहंकार देखाउने छुट कसैलाई नदिएको उनले बताए। उनले भने, ‘अहिले प्रतिनिधि सभामा जस्तो बनोट देखिन्छ। एकातिर जनताहरुमा पार्टी र नेतृत्वप्रति निराशा पनि झल्किन्छ।

    अर्कोतिर जनताले एकपटक मौका दिनुपर्छ भनेर ठुलो विवेक प्रयोग गरेको पनि देखिन्छ। कसैलाईै निषेध र कसैलाई दम्भ गर्ने छुट दिएको छैन। काम गर्ने चेतावनीसहितको अवसर दिएकाले मैले यो कुरालाई नेता र पार्टीहरुलाई जनताले राम्रै अग्निपरिक्षामा राखेका छन्। यहाँ पास हुनैपर्छ।’

    प्रचण्डले आफूहरु अहिले जनताको अग्निपरिक्षामा समेत रहेको बताए । संविधान घोषणा भएपछि जनताको आर्थिक जीवनमा अपेक्षित सुधार नभएकोप्रति जनताको मनमा प्रश्न उब्जिएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार