Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रदेश १ मा प्रधानमन्त्री प्रचण्डका ज्वाइँ आचार्य बने विना विभागीय मन्त्री

    प्रदेश १ मा प्रधानमन्त्री प्रचण्डका ज्वाइँ आचार्य बने विना विभागीय मन्त्री

    अनलाइन नेपाल
  • शुक्रबार, २९ पुष २०७९
  • 738
    SHARES

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीन जना विना विभागीय मन्त्री थपेका छन् । माओवादीबाट दुई जना र एमालेबाट एक जना मन्त्री थपेका हुन् ।

    माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ जीवन आचार्य र दुर्गा प्रसाद चापागाईं सचिन तथा एमालेबाट बुद्धि कुमार राजभण्डारी मन्त्री बनेका छन् ।



    आचार्य प्रधानमन्त्री प्रचण्डकी कान्छी छोरी गंगा दाहालका श्रीमान् हुन् । मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिने तयारी छ ।



    माओवादीबाट तेह्रथुम १(२) बाट निर्वाचित दुर्गाप्रसाद चापागाई र मोरङ ६(१) बाट निर्वाचित जीवन आचार्य र एमालेबाट पूर्वप्रमुख सचेतक तथा सोलुखुम्बु १(२) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त भएका हुन् ।

    एमालेकै उम्मेदवारलाई हराएर प्रदेशसभा सदस्य बनेका आचार्य अहिले एमाले नेतृत्वकै सरकारमा मन्त्री बनेका छन् । प्रदेशसभा चुनावमा आचार्यले एमालेका रीता न्यौपानेलाई हराएका थिए ।

    मुख्यमन्त्री कार्कीले आज प्रदेश सभामा विश्वासको मत लिने तयारीमा छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । आइतबार ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले कम्तिमा ४७ सांसद मत पाउनुपर्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार