काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका छन् । नाबालिग बलात्कारको आरोप लागेका लामिछाने बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका हुन् ।
उच्च अदालत पाटनले दिएको आदेशमा २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले उनले आज नगद धरौटी बुझाउन नसक्दा भोलि मात्रै रिहा हुने भएका हुन् । अदालतले जायजेथा वा बैंक ग्यारेन्टीलाई मान्यता नदिने भएको छ।
बिहीबार उच्च अदालतका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई सर्तसहित धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएका छन् । यस्तै सामाजिक सञ्जालमा पनि कुनै पनि किसिमको लामिछानलाई टीकाटिप्पणी गर्न रोक लगाइएको छ। यस्तै प्रहरीले उनको गतिविधिलाई निगरानी गर्न सक्ने, विद्युतीय निगरानीसमेत गर्न सक्ने आदेश गरेको छ ।
काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई जबर्जस्ती बलात्कार गरेको भन्दै एक १७ वर्षीय किशोरीले प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् ।
जाहेरीपछि लामिछाने सम्पर्कविहीन भएका थिए । प्रहरीले पक्राउ पुर्जी जारी गरी उनलाई पक्राउ गर्नको लागि इन्टरपोलसँग आग्रह गरेको थियो। सन्दीप सोही उजुरीका आधारमा विदेशबाट फर्किने क्रममा विमानस्थलबाटै पक्राउ परेका थिए ।
Leave a Reply