Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • जनक शिक्षा सामग्री केन्द्रको १३ ट्रक कागज प्रहरीको नियन्त्रणमा

    जनक शिक्षा सामग्री केन्द्रको १३ ट्रक कागज प्रहरीको नियन्त्रणमा

    अनलाइन नेपाल
  • बिहिबार, २८ पुष २०७९
  • 681
    SHARES

    काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रको कागज लोड गरिएको १३ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

    कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई निःशुल्क वितरण गरिने पुस्तक छाप्न वीरगन्जबाट ल्याएको भनिएको ट्रकमा सम्झौता विपरीत कम गुणस्तरको कागज ल्याएको आरोप छ ।



    भक्तपुरको सानोठिमीस्थित सामग्री केन्द्रको कम्पाण्डभित्र ३ वटा र कम्पाउन्ड बाहिर ९ वटा कागज लोड भएको ट्रक प्रहरीले होल्डमा राखेको छ । सरोकार राख्नेहरूले दिएको सूचनाको आधारमा ट्रकहरू होल्ड गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।



    जनक शिक्षामा कागज सप्लाई गर्ने जिम्मा वीरगन्जस्थित दुर्गा पेपर मिल र एभरेस्ट पेपर मिलले पाएका छन् ।

    ती कम्पनीले पाठ्यपुस्तक छाप्न प्रयोग गरिने कागज कमजोर गुणस्तरको सप्लाई गरेको उजुरी परेपछि पाठ्यक्रम विकास केन्द्रले अनुगमन गरेको थियो । अनुगमन पछि पाठ्यक्रमले कम गुणस्तरका कागज फिर्ता गरेर सम्झौता अनुसारकै कागज ल्याउन भनेको थियो ।

    तर, कागज कम्पनीले त्यहाँबाट फिर्ता लगेको कागज केही दिन मनोहरा खोला छेउको ग्यारेजमा राखेर पुनः त्यहि कागज जनक शिक्षाको कार्यालयमा अनलोड गर्न लगेको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार