Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • घनश्याम भूसाललाई नेकपा एसको आग्रह – पार्टीमा छिटो भन्दा छिटो आउनुहोला

    घनश्याम भूसाललाई नेकपा एसको आग्रह – पार्टीमा छिटो भन्दा छिटो आउनुहोला

    अनलाइन नेपाल
  • बिहिबार, २८ पुष २०७९
  • 690
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले घनश्याम भूसाललाई छिटो भन्दा छिटो पार्टीमा आउन आग्रह गरेको छ ।

    बुधबार महासचिव बेदुराम भुसालले घनश्यामलाई एक पत्र लेखी एकीकृत समाजवादीमा आवद्ध भई नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रुपान्तरणको अभियानमा सहभागी हुन आग्रह गरेका हुन् ।



    पत्रमा नेपालको कम्युनिष्ट आन्दोलन फेरि एकीकृत हुँदा नेकपा एसमा कायम रहेको सैद्धान्तिक विन्दुमा फर्किनुपर्ने भुसालको विश्लेषण मेल खाएको उल्लेख गरेका छन् ।



    पत्रमा भनिएको छ, ‘यतिबेला नेपाली समाजमा विद्ययमान समस्या समाधान गर्न समाजवादी कार्यदिशा अंगालेर अगाडि बढ्नुपर्दछ भन्ने दृष्टिकोण राख्ने विभिन्न कम्युनिस्ट समूह र व्यक्तिहरुलाई समेत समाजवादी कार्यदिशा अंगालेको यही नेकपा एकीकृत समाजवादी मा आवद्ध गर्ने कार्यमा हामी सबै सक्रियतापूर्वक लागौं भन्ने पनि अनुरोध छ ।’

    एकीकृत समाजवादीले एमालेको नवौं महाधिवेशनको निर्णयप्रति अहिले पनि प्रतिवद्ध रहेको भन्दै नेपाली क्रान्तिको कार्यदिशा अहिले पनि त्यही रहेको बताएको छ ।

    यसअघि घनश्याम भूसालले २६ पुसमा एक वक्तव्य जारी गर्दै एमाले र माओवादी दुवैले इतिहासलाई आफ्नो आफ्नो संकीर्णतामा व्याख्या गर्न थालेको र एकीकृत समाजवादीले उक्त जडताबाट मुक्त हुने कोशिस गरेको बताएका थिए ।

    उनले आफूसँग एकताका लागि एकीकृत समाजवादीको वार्ता समितिले छलफल गरेको भन्दै केही प्रस्ताव राखेका थिए । उक्त प्रस्तावको जवाफको अपेक्षा गरेका थिए ।

    हेर्नुहोस् पत्र : 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार