Online Nepal
  • बुधबार, २ माघ २०८१
  • भारतमा चिनियाँ माल बहिस्कार, चीनबाट आयातीत सामानमा कर बढाइदै

    भारतमा चिनियाँ माल बहिस्कार, चीनबाट आयातीत सामानमा कर बढाइदै

    अनलाइन नेपाल
  • शनिबार, ६ असार २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । भारतमा चिनियाँ माल बहिस्कार अभियान चलाइएको छ। भारत र चीनबीच सीमा क्षेत्रमा उत्पन्न भएको तनावको असर दुई देशको द्वीपक्षीय व्यापारमा सिधा असर पर्ने देखिएको छ ।

    भारतमा चिनियाँ वस्तुहरु बहिष्कार गर्ने अभियान नै चलाइएको छ भने सरकारले पनि चिनियाँ उत्पादनमा कर बढाउने तयारी गरेको सञ्चारध्यमले जनाएका छन् ।



    कम्तिमा ३ सयवटा चिनियाँ वस्तुमाथि कर बढाइन लागेको भारतीय अधिकारीहरुलाई उद्वृत गर्दै बेलायतबाट प्रकाशित हुने ‘द गार्जियन’ले जनाएको छ । भारतीय मिडियाहरुले भने यो समाचार सम्प्रेषण गरेका छैनन् ।

    गत सोमबार लद्दाखको गलवान घाँटीमा चिनियाँ र भारतीय सैनिकबीच भिडन्त भएको थियो । उक्त भिडन्तमा २० जना भारतीय सैनिकको ज्यान गएपछि भारतभित्र आक्रोश बढेको छ । यो आक्रोश मत्थर पार्नलाई कुनै न कुनै चीन विरोधी कदम चाल्नैपर्ने दबावमा मोदी सरकार छ । चिनियाँ उत्पादनमाथि अंकुश लगाउने तयारी यही दबावको उपज हो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार