काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मन (पीएसजी) विजयी भएको छ ।
बिहिबार बिहान सकिएको खेलमा शीर्ष स्थानको पीएसजीले पुछारमा रहेको एन्जर्सलाई २–० गोलले पराजित गरेको हो ।
फिफा विश्वकप २०२२ जितेपछि पहिलोपटक अर्जेन्टिनी खेलाडी लियोनल मेसीले एक गोल गरे । यस्तै ह्युगो एकिटेकले पनि एक गोल गरेका थिए ।
जितसँगै १८ खेलबाट ४७ अंक अंक जोडेको पीएसजीले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ। दोस्रो स्थानमा रहेको लेन्सले समान खेलबाट ४१ अंक जोडेको छ।
Leave a Reply