Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • एन्फाले बोलायो आपतकालिन कार्यसमिति बैठक, के छ एजेण्डा ?

    एन्फाले बोलायो आपतकालिन कार्यसमिति बैठक, के छ एजेण्डा ?

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 1K
    SHARES

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार कार्यसमितिको आपतकालीन बैठक डाकेको छ ।

    एन्फाका महासचिव किरण राईले कार्यसमितिका सदस्यहरुलाई पत्र पठाउँदै शुक्रबारका लागि आपतकालीन बैठक डाकेका हुन् ।



    ‘अखिल नेपाल फुटबल संघको विधान २०७७ संस्करणको धारा ३९ (२) बमोजित विशेष परिस्थितिमा कार्यसमितिको आपतकालिन बैठकमा उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु,’ महासचिव राईले हस्ताक्षर गरिएको पत्रमा भनिएको छ ।



    बैठक शुक्रबार दिउँसो १ः०० बजे लागि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुनेछ । कुन कुन एजेण्डामा छलफल हुने भन्ने विषयमा पत्रका उल्लेख नगरिएको एन्फाका एक सदस्यले बताए ।

    एन्फा कार्यसमितिको बैठक पछिल्लो समय कात्तिक २९ गते बसेको थियो । उक्त बैठकमा निर्णय हुन नसकेका विषयलाई पुसमा बैठक बसी टुंगाउने सहमति भएको थियो । तर, निर्वाचनलगत्तै आपसी द्धन्द्ध र शक्ति संघर्षमा फसेको एन्फा कार्यसमितिमा नेतृत्वले एजेन्डा ‘फेस’ गर्न नसक्ने भएपछि आपतकालिन बैठक बोलाइएको सदस्यहरूले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार