काठमाडौं । थारु समुदायहरुले हर्षोल्लासको साथ मनाउने माघी पर्व यस वर्ष आन्दोलनको रुपमा मनाउने तयारी गरेको छ ।
थारु कल्याणकारिणी सभाको थारु राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपत्यका सहित देशव्यापी आन्दोलनका रुपमा मनाउने जनाएको छ ।
थरुहट आन्दोलनकर्मीसंग सरकारले पटक पटक गरेको सहमति कार्यान्वयन हुन नसकेको र टीकापुर आन्दोलनका क्रममा थरुहट राजवन्दीहरुलाई सुनियोजित रुपमा झुटा मुद्दा लगाएको फसाइएको भन्दै यस बर्षको माघी पर्वलाई काठमाडौं उपत्यका सहित देशव्यापी रुपमा आन्दोलनका रुपमा मनाउने जनाएको हो ।
माघी पर्वका अवसरमा माघ १ गते काठमाडौंको टुँडिखेलमा बिशेष कार्यक्रमको आयोजना गरिएको आयोजकले समितिले जनाएको छ ।
त्यसअघि बिहान थारु संस्कृति, भेषभूषा बाजागाजासहित काठमाडौंको बसन्तपुरमा भेलाभई झाँकी र्याली प्रदर्शन सहित रत्नपार्क परिक्रमा गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।
Leave a Reply