Online Nepal
  • बुधबार, २ माघ २०८१
  • तिब्बतमा चिनियाँ सेनाले थाल्याे सैन्य अभ्यास

    तिब्बतमा चिनियाँ सेनाले थाल्याे सैन्य अभ्यास

    अनलाइन नेपाल
  • शनिबार, ६ असार २०७७
  • 5.6K
    SHARES

    एजेन्सी । लद्दाखको गलवान भ्यालीमा भएको हिंसात्मक भिडन्तसँगै चीनले आफ्नो सैन्य शक्तिलाई सीमा क्षेत्रमा केन्द्रित गरेको छ ।

    बिहीबार तिब्बत अटोनोमस रिजनमा ठूलो सैन्य अभ्यास गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । युद्धक ट्याङ्क, फाइटल जेटसहित चिनियाँ सेनाले अभ्यास गरेको जनाइएको छ ।



    चिनियाँ जनमुक्ति सेनाले आफूसँग उपलब्ध क्षमताको परीक्षण गरेको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    भौगोलिक अवस्था अनुसार लडाकु जहाज, उपलब्ध सैन्य ट्याङ्कलगायतको परीक्षण गरिएको जनाइएको छ ।

    चीन सरकारले यो सैन्य अभ्यासका लागि विभिन्न ठाउँबाट हतियार, सैनिक, ट्याङ्क, बख्तरबन्द गाडी, लडाकु जहाज र नयाँ हतियारसमेत जम्मा गरेको थियो ।

    नयाँ हतियार टाइप-१५ लाइटवेट ट्याङ्क, एचजे १० एन्टी ट्याङ्क मिसाइल लगायत पनि अभ्यासमा सामेल गरिएको थियो ।

    चिनियाँ जनमुक्ति सेनाले यो अभ्यास ४ हजार ७ सय मिटर भन्दा धेरैको उचाइमा गरेको थियो । मल्टिपल रकेट लन्चर, तोप र एन्टि एयरक्राफ्ट सिस्टमको पनि प्रयोग गरिएको थियो । चिनियाँ जनमुक्ति सेनाको वायु सेनाले रातभर सबै प्रकारका अभ्यास गरेको जनाइएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार