गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले नेतृत्व गरेको सरकार राष्ट्रिय सहमतिको सरकार भएको बताएका छन् ।
पृथ्वीनारायण शाहको ३०१औं पृथ्वी जयन्तीका अवसरमा गोरखामा आयोजित महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले यसपटक केही गर्नुछ भनेको छु । संसदमा नेपाली कांग्रेससहित दलहरूले विश्वासको मत दिएपछि यसले राष्ट्रिय सहमतिको सरकारको स्वरूप लिएको छ ।
सबै मिलेर देश बनाउनुपर्छ भन्ने भावना व्यक्त भएको छ ।’ उनले संसदका सबै दलको समर्थनसँगै सरकारले राष्ट्रिय सहमतिको स्वरूप लिएको बताए ।
Leave a Reply