काठमाडौं । निर्देशक दीपक श्रेष्ठले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् ।
फिल्मको मुख्य भूमिकामा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन्। दया र निर्माणपक्षबीच मंगलबार सम्झौता भएको हो।
केवल तामाङ्गको प्रस्तुतिमा तयार हुने फिल्ममा कोमल गुरुङको लगानी रहनेछ ।
प्रोमिस इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा तपश्री प्रोडक्शनको सहकार्य रहनेछ।
२० माघबाट फिल्मको छायांकन हुने निर्माणपक्षले जनाएको छ। लभस्टोरी र कमेडी कथामा निर्माण हुन लागेको फिल्मको छायांकन सिक्किम र इलाममा हुनेछ ।
Leave a Reply