Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रचण्डले भने – प्रतिक्रियावादीको घेराबन्दी तोडेर प्रधानमन्त्री बनेको हुँ

    प्रचण्डले भने – प्रतिक्रियावादीको घेराबन्दी तोडेर प्रधानमन्त्री बनेको हुँ

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 549
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादीको घेराबन्दी तोडेर आफू प्रधानमन्त्री बनेको बताएका छन्।

    बुधबार वाईसियलको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू सजिलै प्रधानमन्त्री नबनेको बताएका हुन्।



    उनले भने , ‘प्रतिक्रियावादीका धेरै घेराबन्दीहरुलाई तोडेर यहाँ आइपुगेको हो। सजिलैसित आएको होइन । हामीले विगतमा जसरी घेरा तोड्ने र प्रतिरोध गर्ने रणनीतिक बनाउँथ्यौं । आज पनि घेरा तोड्ने र प्रतिरोध गर्ने प्रक्रियाबाटै यो सफलता प्राप्त भएको हो।’



    प्रधानमन्त्री प्रचण्डले यो अवसरलाई त्यतिकै खेर जान नदिने बताए। त्यसका लागि सरकार र पार्टीलाई सबैको सहयोग आवश्यक रहेको औंल्याए।

    यो पटक सरकार सफल हुने र पार्टी सफल हुने कुरा सिंगै राष्ट्र र इतिहासका लागि अविष्मरणी परिघटना हुने उनको भनाइ छ।

    प्रचण्डले पार्टी र सरकारलाई सफल बनाउन वाईसीएलको संस्थागत पहलकदमी आवश्यक भएको र संगठन विस्तार गरेर पार्टीलाई सुदृढ बनाउन कार्यकर्तालाई निर्देशन दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार