Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • बागमतीका मुख्यमन्त्री जम्कट्टेलले माघ ३ मा विश्वासको मत लिने, के गर्ला कांग्रेस ?

    बागमतीका मुख्यमन्त्री जम्कट्टेलले माघ ३ मा विश्वासको मत लिने, के गर्ला कांग्रेस ?

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 588
    SHARES

    हेटौंडा। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री जम्कट्टेलले आगामी माघ ३ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

    जम्कट्टेल गत पुस २५ गते ५ दलको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधार २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।



    २५ गते नियुक्त भएका मुख्यमन्त्री जम्कट्टेलले २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यभार सम्हालेका थिए ।



    उनले मुख्यमन्त्री नियुक्त भएको एक साता भित्रै संसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् । मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत लिने सम्बन्धी प्रस्तावबारे प्रदेशसभा सचिवालयमा समेत जानकारी गइसकेको छ ।

    ११० सदस्यीय बागमती प्रदेशसभामा मुख्यमन्त्री जम्मकट्टेल ५ दलका ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनलाई नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्र केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन छ ।

    ११० सदस्यीय वाग्मती प्रदेशसभामा ३७ सिट रहेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी र ३ सिट रहेको नपाल मजदुर किसान पार्टी मात्रै प्रतिपक्षमा छ ।

    मंगलबार माओवादी नेतृत्वको सरकारलाई समर्थन गरेको कांग्रेसले वाग्मती प्रदेश सरकारलाई समर्थन गर्न सक्ने सम्भावना देखिन्छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका धेरै सांसद यहाँ पनि भएकाले विश्वासको मत दिनुपर्ने आवाज उठिरहेको छ । तर, कांग्रेसले निर्णय भने गरिसकेको छैन ।

    केन्द्रमा प्रधामन्त्रीलाई विश्वासको मत नदिएको नेमकिपाले भने प्रतिपक्षमा बस्ने स्पष्ट पारिसकेको छ ।  यदि कांग्रेसले पनि विश्वासको मत दिए उहाँको समर्थनमा १०७ मत हुनेछ।

    मुख्यमन्त्री जम्मकट्टेलले कांग्रेस र नेमकिपासँग पनि विश्वासको मत माग्ने तयारीमा छन् । प्रदेशसभामा मुख्यमन्त्री जम्मकट्टेलले ५६ मत मात्र पाएको खण्डमा उनको नेतृत्वको सरकार कायम रहन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार