झापा । खाना नपकाएको निहुँमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । झापाको अर्जुनधारा नगरपालिका निवासी विश्वराज घिसिङले ३६ वर्षीया श्रीमती प्रमिला भुजेल घिसिङको हत्या गरेका हुन् ।
मादक पदार्थ सेवन गरी मातेका विश्वराजले श्रीमती प्रमीलाको पेट र छातिमा निर्घात कुटपिट गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मंगलबार साँझ आमाका लागि मासु किनेर घर जाँदा बिहानेदेखिको भाँडा नमाझेको र बेलुकाको खाना पनि नपकाएको निहुँमा विश्वराजले श्रीमतीमाथि कुटपिट गरेको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
श्रीमतीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विश्वराजलाई राति नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । भोजपुरको अरुण गाउँपालिका–१ स्थायी घर भएका घिसिङ विगत दुई वर्षदेखि अर्जुनधारामा डेरामा बसेर निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्दैआएको बताइएको छ ।
Leave a Reply