Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • नेकपाले बाेलायाे सचिवालय बैठक, एमसीसीको विषयमा छलफल हुने

    नेकपाले बाेलायाे सचिवालय बैठक, एमसीसीको विषयमा छलफल हुने

    अनलाइन नेपाल
  • शनिबार, ६ असार २०७७
  • 2.2K
    SHARES

    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक शनिबार बिहान बस्दैछ।

    बैठकमा लामो समयदेखि विवादमा तानिएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषय र समसामयिक राजनीतिक विषयमा छलफल हुने नेकपा सचिवालय स्रोतले जनाएको छ।



    पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले शनिबार बिहान ९ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।



    प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली संसदबाट एमसीसी पारित गर्ने पक्षमा छन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने कार्यदलको सुझाव अनुसार अगाडि बढ्नुपर्ने अडानमा छन्। प्रचण्डसहितका नेताले कार्यदलले बनाएको प्रतिवेदनमाथि स्थायी समितिमा छलफल गर्नुपर्ने अडान राख्दै आएका छन्।

    एमसीसीको विषयमा चर्को विवाद भएपछि नेकपाले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा अध्ययन कार्यदल बनाएको थियो। कार्यदलमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र नेता भीम रावल सदस्य थिए। कार्यदलले तयार पारेको प्रतिवेनमा एमसीसी परिमार्जन गरेर मात्र संसद बाट पारित गर्नुपर्ने सुझाव दिइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार