Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • लकडाउन लगाउने अधिकार अब प्रदेश सरकारलाई

    लकडाउन लगाउने अधिकार अब प्रदेश सरकारलाई

    अनलाइन नेपाल
  • शनिबार, ६ असार २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रदेश सरकारले जनसंख्याको अनुपात र कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणका आधारमा कुनै क्षेत्र वा जिल्लाभर लागू हुने गरी पूर्ण बन्दाबन्दी गर्न सक्ने भएको छ ।

    कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको शुक्रबार बसेको बैठकले जिल्ला कोभिड(१९ सङ्कट व्यवस्थान केन्द्रको सिफारिसअनुसार सीसीएमसीको परामर्शमा प्रदेश सरकारले पूर्ण बन्दाबन्दी गर्नसक्ने निर्णय गरेको हो ।



    सीसीएमसीद्वारा जारी विज्ञप्तिअनुसार क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापन तथा प्रयोगशालाको क्षमता विस्तारका लागि प्रदेश सरकारमार्फत् विभिन्न पालिकाहरूलाई कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट ३५ करोड निकासा दिने निर्णय समेत बैठकले गरेको छ ।



    बैठकले बन्दाबन्दीलाई खुकुलो बनाउँदै जनजीवनलाई सहज बनाइँदै लगिएको अवस्थामा सङ्क्रमण तीव्र रूपमा बढिरहेकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन नागरिकलाई आह्वान समेत गरेको छ । घरबाहिर निस्कनै परेको अवस्थामा अनिवार्य रूपमा मास्क प्रयोग गर्न, अनावश्यक भीडभाड नगर्न र भौतिक दूरी कडाइसाथ कायम गर्नसमेत एमसीसीले आग्रह गरेको छ । अाजकाे गाेरखा पत्रबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार