Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • राष्ट्रियता विनाको प्रजातन्त्र कागजी सिद्धान्त मात्रै हो : पूर्वराजा ज्ञानेन्द्र

    राष्ट्रियता विनाको प्रजातन्त्र कागजी सिद्धान्त मात्रै हो : पूर्वराजा ज्ञानेन्द्र

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 780
    SHARES

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रियता विनाको प्रजातन्त्र कागजी सिद्धान्त मात्रै हुने बताएका छन् ।

    पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा एक सन्देश जारी गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन् । उनले पृथ्वीनारायण शाहका दिव्योपदेश आत्मसाथ गर्नुपर्ने आवश्यकता औंल्याए ।



    उनले पृथ्वीनारायण शाहका दिव्योपदेशहरुलाई आत्मसाथ गर्न सके नेपालीहरुको स्वाभिमान सुरक्षित हुने विश्वास बताएका छन् । शाहले राष्ट्रियता विनाको प्रजातन्त्र कागजी सिद्धान्त मात्र हुने उल्लेख गर्दै विचार, आदर्श, सैद्धान्तिक निष्ठाभन्दा अंक र आकारमा राजनीति अल्मलिएको टिप्पणी गरेका छन्।



    राजनीतिक उत्तारचढावप्रति निरपेक्ष रहनु ‘नेपाली राजसंस्था’को मौलिक विशेषता भएको उल्लेख गर्दै पूर्वराजा शाहले राष्ट्रियता र जनहितप्रति शाहवंशीय राजसंस्था नचुकेको दाबी गरेका छन् ।

    ‘सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरे पनि यसबाट राष्ट्रमा सुख हुने छैन । विचार, आदर्श र सैद्धान्तिक निष्ठाभन्दा अंक तथा आकार प्रकारमा हाम्रो राजनीति अलमलिएको छ । त्यसैले राज्य पद्धति र प्रणाली सही प्रकारले पुनरावलोकन हुनु आवश्यक देखिन्छ, ” उनले जारी गरेको सन्देशमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार