Online Nepal
  • बुधबार, २ माघ २०८१
  • कांग्रेस लक्षित ओलीको टिप्पणी – विश्वासको मत दिएर ढोक्सा थापेको हो भने कुनै माछा पर्नेवाला छैन

    कांग्रेस लक्षित ओलीको टिप्पणी – विश्वासको मत दिएर ढोक्सा थापेको हो भने कुनै माछा पर्नेवाला छैन

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 771
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब संसदमा प्रतिपक्ष नै नरहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत माग्दै ओलीले यस्तो बताएका हुन् ।

    उनले कांग्रेसको समर्थन सदाशयताबाहेक अरू उद्देश्यले भएको हो भने त्यो सफल नहुने दाबी गरे । ओलीले कांग्रेसले जाल थाप्न खोजेको हो भने जालमा माछा नपर्ने चेतावनी समेत दिए ।



    उनले राप्रपाले पनि सरकारलाई समर्थन गरेको तर सरकारमा सहभागी नभएको उदाहरण दिँदै कांग्रेस पनि सोही हैसियतमा आएको बताए ।

    ओलीले भने,’यो समर्थन जाल र ढोक्सा होइन भने स्वागतयोग्य छ । ढोक्सा हो भने जाल हो भने भन्न चाहन्छु माछा नभएको खोलामा फालेजस्तै हुन्छ ।

    यसभित्र भोलिका निम्ति अरू खालका कुरा सोचिएको छ भने भने ढोक्सा रित्तै हुन्छ । त्यस खोल्सीबाट ढोक्सा थापेतिर कुनै माछा बग्ने छैन ।’

    ओलीले अब संसदमा विपक्षी नरहेको भन्दै सरकारका गलत कामको विरोध त सरकारमै सहभागी दलका सांसदहरूले पनि गर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार