Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – मलाई सहयोग गर्नुहोस्,दुई अंकको आर्थिक वृद्धिदर बढाउँछु

    प्रधानमन्त्री प्रचण्डले भने – मलाई सहयोग गर्नुहोस्,दुई अंकको आर्थिक वृद्धिदर बढाउँछु

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 561
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको आर्थिक वृद्धिदर २ अंकको बनाउने लक्ष्यका साथ काम गर्ने बताएका छन्।

    प्रतिनिधि सभामा मंगलबार विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । यो लक्ष्य पूर्ति गर्न सबैले सहयोग गर्नुपर्ने उनले बताए।



    संसदमा बोल्दै उनले भने, ‘विश्व आर्थिक मन्दीको चपेडामा छ। हामी पनि यसको मारमा छौँ। स्वदेशकै आर्थिक सूचकांक पनि सकारात्मक छैनन्।



    राजश्व लक्ष्यको २५ प्रतिशतमात्र, वैदेशकि अनुदान २७ प्रतिशतमात्र प्राप्त भएको छ। वैदेशिक अनुदानको जम्मा लक्ष्यको ६ प्रतिशतमात्र पूरा भएको छ।’

    देशको समग्र अवस्था हेर्दा आर्थिक वृद्धिदर बढाउनु चुनौतीपूर्ण रहेको बताउँदै उनले आफूले सशक्त काम गरेर आर्थिक वृद्धिदर बढाउने बताए।

    उनले भने, ‘नेपालको आर्थिक सूचक सकारात्मक छैन। तर, सबै खाले आमूल सुधारबाट आगामी पाँच वर्षमा देशको आर्थिक वृद्धिदर २ अंक नजिक पुर्‍याउने संकल्प गर्दछु। यहाँहरू सबैको सहयोगको अपेक्षा गर्दछु।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार