Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले भने – प्रतिशोध होइन आपसी विश्वास स्थापित गर्छु

    विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले भने – प्रतिशोध होइन आपसी विश्वास स्थापित गर्छु

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 633
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकार्यको राजनीतिका लागि आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन्।

    प्रतिनिधि सभामा मंगलबार विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अघि बढाउनका लागि विश्वासको मत दिन अपिल गरेका हुन्।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘निषेधको होइन, सहमति सहकार्य र आपसी विश्वासमा राजनीतिलाई अघि बढाउनका लागि विश्वासको मत दिन म आग्रह गर्दछु । सामाजिक न्याय र सुशासनका लागि विश्वासको मत माग्न उभिएको छु।’



    पहिलो पटक प्रधानमन्त्री हुँदा सिक्दासिक्दै राजीनामा दिनुपर्ने परिस्थिति आएको भन्दै प्रचण्डले दोस्रो कार्यकाल पनि उतारचढावमै वितेको उनले बताए। अबको कार्यकाल सुशासनमा केन्द्रित हुने उनले बताए।

    त्यस्तै,प्रधानमन्त्री प्रचण्डले ६ महिनाभित्रमा सबै नेपालीलाई नागरिकता वितरण गर्ने बताएका छन्। एक वर्षभित्रमा सहज रुपमा राष्ट्रिय परियचयपत्र बाँडिने बताए।

    प्रधानमन्त्रीमा आफूलाई विश्वासको मत माग्नेक्रममा प्रतिनिधि सभामा आफ्नो प्रतिबद्धता राख्दै ६ महिनाभित्रमा सबै नेपालीलाई नागरिकताको प्रत्याभूति गराउने बताए।

    प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा लिखित सम्बोधन गर्दै उनले प्रधानमन्त्रीका रूपमा आफू निषेध, अपमान र प्रतिशोध होइन सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाउन चाहेको बताए ।

    प्रचण्डले यस पटक सिंगो देश एक ठाउँमा उभिएर विश्वलाई नै एकताको सन्देश दिन चाहेको भन्दै प्रधानमन्त्रीको यो कार्यकाल इमानदार स्वीकारोक्तिसहित केही न केही गर्ने बताएका छन् ।

    प्रचण्डलाई सत्ता साझेदार ७ दलसहित नेपाली कांग्रेस, एकीकृत समाजवादी र लोसपासहितका दलले विश्वासको मत दिने निर्णय गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार