काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।
यही बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन् ।
पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले प्रतिनिधि सभाको दोस्रो बैठकमा विश्वासको मत लिन लागेका हुन्।
संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त हुने व्यवस्थाअनुसार प्रचण्ड प्रधानमन्त्री बनेका थिए।
Leave a Reply