काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेपछि कांग्रेसकै महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासहित ४ जनाले असहमति जनाएका छन् ।
महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु अर्जुननरसिंह केसी र बलबहादुर केसीले निर्णयमा लिखित असहमति जनाएका हुन् ।
पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रस्ताव गरेपछि उनीहरुले असहमति जनाउँदै कार्य सम्पादन समिति बैठक बोलाउन माग गरेका थिए ।
जस अनुसार कार्य सम्पादन समितिले सभापति देउवाकै चाहना अनुसार विश्वासको मत दिने निर्णय गरेकोमा ४ जनाले फरक मत राखेका हुन् ।
नेपाली कांग्रेसमा कडा प्रतिपक्षी भएर बस्नुपर्ने भन्दै नेतृत्वको खबरदारी गर्ने आवाज उठिरहेको छ।
Leave a Reply