Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • दिउँसो १ बजेलाई सर्‍यो संसद बैठक

    दिउँसो १ बजेलाई सर्‍यो संसद बैठक

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 465
    SHARES

    काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई सारिएको छ । यसअघि ११ बजेका लागि तय भएको बैठक दुईघण्टा पछि सारिएको हो ।

    आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिंदैछन् । नेपाली कांग्रेसको बैठक जारी रहेपछि बैठक सारिएको अनुमान छ ।



    प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ७६ (२) अनुसार पुस १० गते दाबी पेश गरेका थिए । विश्वासको मत दिने-नदिने निर्णय लिन कांग्रेस पदाधिकारी बैठक जारी छ ।



    यसपछि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । संविधानअनुसार धारा ७६(४) अनुसार प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

    प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले समर्थन गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार