Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • प्रचण्डले भने -सुरक्षासँग स्वार्थ जोडिएका कुनै पनि विदेशी सहयोग नेपालले स्वीकार्दैन

    प्रचण्डले भने -सुरक्षासँग स्वार्थ जोडिएका कुनै पनि विदेशी सहयोग नेपालले स्वीकार्दैन

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असार २०७७
  • 3.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाल  कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको वताएका छन् ।

    नेपाल  कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीका नेताबीच शुक्रबार भएको भिडियो कार्यशालामा बोल्दै अध्यक्ष प्रचण्डले सुरक्षासँग स्वार्थ जोडिएका कुनै पनि विदेशी सहयोग नेपालले स्वीकार नगर्ने बताएका छन् ।



    अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतालाई लिएर नेकपाभित्र विवाद भैरहेका बेला अध्यक्ष प्रचण्डले घुमाउरो पारामा त्यसको बिरोध गरेका छन् ।



    अध्यक्ष प्रचण्डले नेपालको सार्वभौम स्वतन्त्रता, असंलग्न नीतिलाई समर्थन गर्ने मित्रराष्ट्रहरूको सहयोगको मात्रै  स्वागत गर्ने उल्लेख गरे ।

    भारतसँग सीमा बिबादबारे घुमाउरो पारामा उनले मित्र राष्ट्रहरूसँगका द्विपक्षीय विषय वार्ता र संवादबाट समाधान गर्न चाहेको पनि प्रस्ट पारे। तर, वार्ता र संवाद सार्वभौम समानता, आपसी सम्मान र समझदारीको जगमा टेकेर मात्रै हुने उनको भनाइ छ ।

    अध्यक्ष प्रचण्डले भूकम्पमा जस्तै चीनले कोभिड–१९ को महामारीमा नेपाललाई सहयोग गरेकोमा प्रशंसा गरे ।

    नेपाल र चीन सुख र दुःखका मित्र भएको उनको भनाई थियो । अध्यक्ष प्रचण्डले कुनै पनि देशले कोरोना भाइरसबारे राजनीति गर्न नहुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार