Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • ६० वर्षमाथिका नागरिकलाई नसर्ने रोगको निःशुल्क औषधि

    ६० वर्षमाथिका नागरिकलाई नसर्ने रोगको निःशुल्क औषधि

    अनलाइन नेपाल
  • सोमबार, २५ पुष २०७९
  • 903
    SHARES

    काठमाडौं । काठमाडौं । सरकारले ६० वर्षमाथिका नागरिकलाई नसर्ने रोगको निःशुल्क औषधि उपलब्ध हुने गराउने भएको छ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रमलाई आज सार्वजनिक गर्दै सरकारले यस्तो नीति ल्याएको बताएका हुन् ।

    सरकारले ६० वर्ष माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेहजस्ता नसर्ने रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराउने उनले बताए ।



    यसैगरी, उनले दुई वर्षमा सबैलाई साक्षर बनाउने, शिक्षाको गुणस्तरमा सुधार गर्ने, स्वस्थ नेपालः निरोगी नेपाल लागू गर्ने, महिनावारी हुने महिलालाई मासिक एक हजार दिने, सबै बालबालिकालाई पूर्ण खोपको व्यवस्था गर्ने, श्रम ऐनमा आवश्यक संशोधन गर्ने र महिलाको प्रजनन् स्वास्थ्यको संरक्षण गर्ने न्यूनतम साझा कार्यक्रमा समेटिएको बताए ।



    त्यस्तै, कुनै पनि नेपालीले सडकमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने, कृषि क्षेत्रको आधुनिकीकरण गरिने, सिंचाइ आयोजनाहरूलाई पूरा गरिने, भूमि बैंकको स्थापना गर्ने, मल खरिदको व्यवस्थामा सुधार गर्ने, कृषि उपजको मूल्य तोक्ने, ऊर्जा विकासमार्फत आर्थिक विकास गर्ने, नवीकरणीय ऊर्जालाई प्राथमिकता दिने, बाल संरक्षण अनुदान दिइने र गर्भ अवस्थादेखि मृत्युसम्मको सुरक्षा व्यवस्था गर्ने सरकारको कार्यक्रममा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार