Online Nepal
  • बुधबार, २ माघ २०८१
  • अष्ट्रेलियामा सरकारी र निजी क्षेत्रलाई निशाना बनाइ साइबर हमला

    अष्ट्रेलियामा सरकारी र निजी क्षेत्रलाई निशाना बनाइ साइबर हमला

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असार २०७७
  • 2.5K
    SHARES

    एजेन्सी । अष्ट्रेलियामा सरकारी र निजी क्षेत्रलाई निशाना बनाइ साइबर हमला भएको छ । बिबिसीका अनुसार यो हमला कुनै संगठित गिरोह वा कुनै देशको हात रहेको अनुमान गरिएको छ ।

    अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अष्ट्रेलियाको निजी र सार्वजनिक क्षेत्रका संस्थाहरुलाई लक्षित गरी जटिल खालको साइबर आक्रमण भएको बताएका छन ।



    उनका अनुसार यो नयाँ खाले जोखिम नभएपनि जटिल खालको छ । उनले साइबर हमलाबाट प्रभावित सबै संस्थाहरुलाई उचित कदम उठाउनका लागि आग्रह गरेका छन । उनका अनुसार अहिलेसम्म भएको अनुशन्धानबाट कुनै डाटा चोरी भएको खुलेको छैन ।

    यो साइबर हमलाको अनुशन्धानमा अष्ट्रेलियाका सुरक्षा एजेन्सीहरु सहयोगी र साझेदार संस्थाहरुसंग मिलेर काम गरिरहेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार