Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • काठमाडौंलाई हराउँदै विराटनगर नेपाल टी–२० लिगको दोस्रो क्वालिफायरमा

    काठमाडौंलाई हराउँदै विराटनगर नेपाल टी–२० लिगको दोस्रो क्वालिफायरमा

    अनलाइन नेपाल
  • सोमबार, २५ पुष २०७९
  • 528
    SHARES

    काठमाडौं । विराटनगर सुपर किंग्सले नेपाल टी–२० लिगको एलिमिनेटर खेलमा काठमाडौं नाइट्सलाई ९९ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।

    टियु मैदानमा भएको खेलमा विराटनगरले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको काठमाडौंले १२.४ ओभरमा अलआउट हुँदै ८३ रन मात्र बनायो ।



    काठमाडौंका लागि अविनाश बोहोराले ४ बलमा अविजित १६ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले १५ रन बनाए ।



    लोकेश बम १३ रनमा आउट हुँदा कमल ऐरीले १० रन बनाए ।

    विराटनगरका लागि सुर्य तामाङले ४ तथा कियोन जोसेफ र साहब आलमले समान २२ विकेट लिए ।

    त्यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनायो ।

    विराटनगरका लागि कप्तान रोहित पौडेलले गौतम केसीको बलमा आउट हुनु अघि ४९ बलमा ६१ रन बनाए । उनले ६ चौका र २ छक्का प्रहार गरे ।

    काठमाडौंका लागि अनिल खरेल र कमल सिंह ऐरीले समान २२ तथा अविनाश बोहोराी र गौतम केसीले समान ११ विकेट लिए ।

    विराटनगरले फाइनलमा पुग्न मंगलबार दोस्रो क्वालिफायरमा जनकपुर रोयल्ससँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार