Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन माओवादी केन्द्रको आह्वान

    प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन माओवादी केन्द्रको आह्वान

    अनलाइन नेपाल
  • सोमबार, २५ पुष २०७९
  • 606
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आह्वान गरेको छ ।

    सोमबार प्रतिनिधिसभाको बैठक बस्नुअघि सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रचण्डका लागि विश्वासको मत मागेको हो ।



    बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारलाई विश्वासको मत दिनको लागि सबै दलसँग कुरा गर्न पार्टी सांसदलाई निर्देशन दिएका छन् ।



    उनल मंगलबार संसदमा विश्वासको मत लिने कार्यक्रम भएकोले सबै दलहरूसँग मत मागिएको ब्रिफिङ गरे।

    संसदीय दलको बैठकपछि प्रमुख सचेतक हितराज पाण्डेले अनुसार पार्टीसँग मात्रै नभएर सांसदहरूसँग पनि व्यक्तिगत कुरा गर्न निर्देशन दिएका हुन् ।

    पाण्डेले भने, ‘उहाँले सबै दललाई विश्वासको मत लिन पहलका लागि आह्वान गर्नुभएको छ । र, सबै सांसदलाई अन्य दलका सांसदहरूसँग कुरा गर्नका निर्देशन गर्नुभएको छ ।’

    नेकपा एकीकृत समाजवादी र कांग्रेससहित सबै दलहरुसँग पनि विश्वासको मत दिन आग्रह गरेको र सकारात्मक जवाफ आएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार