Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • पोखरा-२८ का वडाध्यक्ष अधिकारीमाथि जातीय विभेदको आरोप, प्रहरीमा उजुरी

    पोखरा-२८ का वडाध्यक्ष अधिकारीमाथि जातीय विभेदको आरोप, प्रहरीमा उजुरी

    अनलाइन नेपाल
  • आइतबार, २४ पुष २०७९
  • 1K
    SHARES

    कास्की । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीविरुद्ध जातीय विभेदको उजुरी परेको छ ।

    विकासका कार्यक्रममा चासो राख्दा जातीय विभेद गरेको भन्दै सोही वडाकी दलित महिला सदस्य मैया नेपालीले आइतबार उनीविरुद्ध प्रहरीमा उजुरी दिएकी हुन् ।



    पुस १८ गते सोमबार वडामा स्थानीय आमा समूहहरूलाई विभिन्न तालिम दिनका लागि छलफल डाकिएको थियो । तालिमका लागि डाकिएको छलफललाई नै वडा अध्यक्षले तालिमको उद्घाटन गराउने योजना अनुसार अघि बढाएपछि वडा सदस्य सरस्वती त्रिपाठीले विरोध गरेकी थिइन् ।



    त्रिपाठीले विरोध गरेपछि अधिकारीले नेपाली माथि विभेद गरेको बताइएको छ । आइतबार जाहेरी दर्ता भएसँगै अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार