Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • ‘पत्रकारलाई जागिरबाट निकाल्ने संचारगृहको नाम सार्वजनिक गरिनेछ’

    ‘पत्रकारलाई जागिरबाट निकाल्ने संचारगृहको नाम सार्वजनिक गरिनेछ’

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असार २०७७
  • 1.4K
    SHARES

    काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीका बेला श्रमजीवी पत्रकार, कामदार र कर्मचारीहरुलाई नियमित पारिश्रमिक भुक्तानी दिन, नेपाल सरकारद्धारा तोकिएको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन र यस्तो संवेदनशील घडीमा जागिरबाट निष्काशन नगर्न सम्बन्धित सञ्चार गृहलाई अपिल गरेका छन् । उनले यदि कसैले बीना कारण काेइ सञ्चार माध्यमले सञ्चारकर्मीलाइ जागिरबाट निकाले नाम सार्वजनिक गर्ने बताए।

    विभिन्न आमसञ्चार गृहहरुले कोरोना भाइरस (कोभिड—१९) को संक्रमण बढिरहँदा श्रमजीवी पत्रकार, कामदार र कर्मचारीहरुलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएको, पारिश्रमिक कटौती गरेको, बेतलवी विदा बस्न बाध्य पारेको र अमानवीय ढंगले जागिरबाट निष्काशन गर्न दबाब दिएको जस्ता उजुरी तथा गुनासा बढेपछि न्यूनतम पारिश्रमिक निर्धारण समितिले यो विषयलाई गम्भीर ढंगले लिएको समेत उनले बताए।



    अध्यक्ष अर्यालले विभिन्न संचारगृहले लकडाउनलाई निहुँ बनाएर श्रमजीवीहरुमाथि मनोवैज्ञानिक त्रास सृजना गर्न खोजेको भन्दै यसलाई समितिले नजिकबाट नियालिरहेको र अनुगमन कार्य पनि अघि बढाएको बताए । समितिले आवश्यक परे यस्तो कार्य गर्ने संचार गृहहरुको नामावली सार्वजनिक गर्ने जानकारी अध्यक्ष अर्यालले दिए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार