Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • नेपाल टी-२० लिगमा फिक्सिङ भएको सीआईबीको प्रारम्भिक निष्कर्ष, शंकाको घेरामा नेपाली खेलाडी

    नेपाल टी-२० लिगमा फिक्सिङ भएको सीआईबीको प्रारम्भिक निष्कर्ष, शंकाको घेरामा नेपाली खेलाडी

    अनलाइन नेपाल
  • आइतबार, २४ पुष २०७९
  • 798
    SHARES

    काठमाडौं । नेपाल टी – २० लिगमा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको फ्रेन्चाइज क्रिकेट नेपाल टी २० लिगमा प्रतियोगिता सुरुवातदेखि नै बेटिङ र फिक्सिङ भएको सीआईबी ले निष्कर्ष निकालेको हो ।



    सुरुमा कमेन्ट्री टिममा रहेका सचिन तिमल्सिनाले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै लिगमा आफूले स्पट फिक्सिङको अनुभव गरेको बताएका थिए । र, प्रतियोगिताबाट बाहिरिने घोषणा गरेका थिए ।



    त्यसपछि काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक सदस्यलाई फिक्सिङको प्रस्ताव आएको खुलासा गरे । ज्ञानेन्द्रले खेलाडी र प्रस्तावक को थिए भन्नेबारे खुलाएनन् । यसबारे आफूहरूले एन्टी करप्सन युनिट एसीयू मा उजुरी गरिसकेको बताएका थिए ।

    गृहमन्त्री रवि लामिछानेले गत मंगलबार नेपाल टी–२० लिगमा भइरहेको भनिएको बेटिङ, सम्भावित फिक्सिङ र श्रम स्वीकृति विना विदेशी खेलाडी खेलाएकोबारे अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिएका थिए ।

    प्रारम्भिक अनुसन्धानअनुसार तीन जना नेपाली र ४ जना विदेशी खेलाडीले स्पट फिक्सिङ गरेको पाइएको छ ।

    बेटिङ र फिक्सिङमा नेपाल टी २० लिगको व्यापारिक तथा रणनीतिक साझेदारीसहित सन्चालन अधिकार पाएको विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको संग्लग्नता भएको संकेत मिलेको सीआईबी स्रोतले जनाएको छ ।

    सीआईबीले शंकामा रहेका खेलाडीहरुसँग बयान लिइसकेको छ । एउटा खेलाडीले एउटा खेलमा स्पट फिक्सिङ गरेबापत १० लाखभन्दा कम लिनेगरेको अनुसन्धानमा पाइएको सीआईबी स्रोतले बताएको छ । यही पुस ९ देखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस २७ गते हुने तालिका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार