काठमाडौं । जनकपुर रोयाल्सलाई पराजित गर्दै लुम्बिनी अल स्टार्स नेपाल टी – २० लिगको फाइनलमा प्रवेश गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा आइतबार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरलाई ६ रनले पराजित गर्दै लुम्बिनी फाइनलमा प्रवेश गरेको हो ।
१ सय ४४ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै केवल १ सय ३७ रन मात्र जोड्यो । जनकपुरका लागि समिउल्लाह शिनवारीले ४५ रन बनाए ।
पवन सर्राफले ३० रन जोडे । लुम्बिनीका दिपेन्द्र सिंह ऐरी, सागर ढकाल र विपुल शर्माले समान २-२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन जोड्यो ।
लुम्बिनीका लागि इशान पाण्डेले सर्वाधिक ३८ रन जोड्दा अनिल साहले २४ तथा विपुल शर्माले २० रनको योगदान गरे ।जनकपुरका लागि असान प्रियन्जन, सोमपाल कामी र जितेन्द्र मुखियाले समान २(२ विकेट लिए । पवन सर्राफ र ट्रेभोन ग्रिफिथले १-१ विकेट हात पारे ।
Leave a Reply