काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौंको माइतीघरमा चरणवद्ध आन्दोलनमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सघाउन आग्रह गरेका छन् ।
सरकारले उक्त घटनाबारे संवेदनशील भएर छानबिन अघि बढाउनुका साथै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले विशेष टोली परिचालन गरि घटनाबारे छानविन गरिरहेकाले धर्ना र आन्दोलनका सबै गतिविधि छोडेर छानबिनका लागि सहयोग गर्न गृहमन्त्री लामिछानेले आग्रह गरेका हुन् ।
गृहमन्त्री लामिछानेले भने, ‘मन्त्री भइसकेपछि धर्नामा रहनु भएकी रुबी खानलाई दुई पटक टेलिफोन सम्पर्क गरेर घटनाबारे सरकार गम्भीर रहेको र दोषी पत्ता लगाउन आन्दोलन र धर्ना छोडेर प्रहरीलाई सघाउन भनेका थियौँ ।’
आइतबार माइतीघर मण्डलमा निर्मला कुर्मी र नकुन्नी धोवीको मृत्यु प्रकरणका दोषीलाई कारबाही गरी पीडितलाई उचित न्याय दिन भन्दै अधिकारकर्मीहरूले लालटिन बालेर अधिकारकर्मीहरूले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् ।
Leave a Reply