Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • प्रतिवन्धित विप्लव समूहका तीन जना कार्यकर्ता पक्राउ

    प्रतिवन्धित विप्लव समूहका तीन जना कार्यकर्ता पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असार २०७७
  • 2.7K
    SHARES

    काठमाडौँ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाका तीन कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ निवासी मदन केसी, तुलसीपुर १८ विजौरीका दिनेश वली र जीवन वली रहेका छन्।

    जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएका साधा पोशाकका प्रहरीले उक्त समूहका जिल्ला कमिटी केसीलाई तुलसीपुर ६ बाट बिहीबार बेलुका पौने ६ बजे र वलीद्वयलाई बिहीबार दिउँसो बिजौरीबाट नियन्त्रणमा लिइएको एक प्रहरी अधिकारीले बताए।



    पछिल्लो समय दाङमा सडक निर्माण र बालुवा गिट्टी उत्खनन् कार्यमा प्रयोग भएका ६ वटा स्काभेटर, जेसिबी लगायतमा आगजनी भएको थियो। तुलसीपुरका ग्वारखोलामा एउटा र राप्ती नदीमा राखिएका ६ वटा त्यस्ता मेसिनमा आगजनी भएपछि प्रहरीले विप्लवका कार्यकर्ता खोज्न सक्रिय बन्न थालेको छ।



    त्यस्तै, गोप्य रूपमा सरकार विरोधी गतिविधि सञ्चालन जारी राखेको, चन्दा आतंक कायमै राखेको जस्ता कार्य नियन्त्रण गर्न विप्लवका नेता(कार्यकर्ताको खोजी तीव्र पारिएको एक प्रहरी अधिकारीले जानकारी दिए।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार