Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • कांग्रेस संसदीय दल बैठकमा सांसदलाई ‘कक्षा’

    कांग्रेस संसदीय दल बैठकमा सांसदलाई ‘कक्षा’

    अनलाइन नेपाल
  • आइतबार, २४ पुष २०७९
  • 498
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा निर्वाचित आफ्ना सांसदलाई प्रतिनिधिसभा बैठकमा कसरी सहभागी हुने र के के गर्ने ? भन्ने विषयमा प्रशिक्षण दिएको छ ।

    कांग्रेसले शनिबार सिंहदरबारस्थित संसदीय दल कार्यालयमा आफ्नातर्फबाट निर्वाचित सांसदलाई डाकेरै प्रतिनिधिसभा बैठकमा कसरी सहभागी हुने र केके गर्ने ? भन्ने विषयमा प्रशिक्षण दिएको हो ।



    कांग्रेसबाट प्रतिनिधिसभामा ८९ सांसद निर्वाचित भएका छन् । प्रतिनिधिसभा पहिलो बैठक भोलि सोमबार बस्दै छ ।
    कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय दल बैठकले प्रतिनिधिसभा पहिलो बैठकमा सहभागी हुन आफ्नो तयारी गर्न सांसदहरूलाई निर्देशन दिएको बताए । संसद्मा नेपाली कांग्रेसले निर्वाह गर्नुपर्ने भूमिका र तयारीका विषयमा पनि सांसदहरूलाई जानकारी गराइएको छ ।



    बैठकले पार्टी सांसदलाई प्रतिनिधिसभा पहिलो बैठकमा उपस्थित हुन तयारीका लागि निर्देशन दिएको छ । पहिलो बैठकमा केके हुन्छन् र सांसदले के गर्ने ? भन्नेबारे पनि जानकारी गराएको कांग्रेस प्रमुख सचेतक लेखकले जानकारी दिए । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार