काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले वृहत् वाम एकताको पहल गर्नका लागि पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा कार्यदल गठन गरेको हो ।
समितिमा महासचिव देव प्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणी पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत रहने निर्णय भएको प्रवक्ता महराले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
एउटै चुनाव चिह्नमा चुनाव लडेका नेपाल समाजवादी पार्टी (नेसपा) र माओवादीबीच पार्टी एकताको पहल भइरहेको छ भने नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पनि ‘विचार मिल्नेहरुसँग पार्टी एकता गर्न’ भन्दै कार्यदल बनाएको छन् ।
यही बेला माओवादीले पनि उपाध्यक्ष महराको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको हो । त्यस्तै, आज बसेको बैठकले प्रचण्ड नेतृत्वको सरकारका प्रधानमनत्रीलाई पुस २६ गते विशवासको मत दिन सबै दल तथा स्वतन्त्र सांसदहरुलाई पार्टीको तर्फबाट आह्वान समेत गरेको छ ।
Leave a Reply