Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • एमसीसीका कारण नेकपाभित्र फेरी रडाको, ओलीलाई एक्ल्याउने तयारी

    एमसीसीका कारण नेकपाभित्र फेरी रडाको, ओलीलाई एक्ल्याउने तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असार २०७७
  • 4.1K
    SHARES

    फाइल फाेटाे

    काठमाडौं।अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बिषयमा नेकपाभित्र फेरी रडाको मच्चिएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी निर्णयसमेत नपर्खी एमसीसी अनुमोदनको विषय संसद भएको भन्दै विपक्षीको सहयोग लिएर अगाडि बढ्ने रणनीति बनाएपछि अन्य नेताहरु आगो बनेका छन् ।



    एमसीसी र ओलीको बिषयमा बिहीबार पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमबीच दुई चरणमा छलफल भएको स्रोतको दाबी छ । बिहीवार बेलुका बालुवाटारमा भएको सर्वदलिय बैठकमा पनि एमसीसीको कुरा उठे पनि कुनै निर्णय भएन ।



    उनका अनुसार पार्टीमा छलफलबिनै प्रधानमन्त्री ओलीले एमसीसीलाई संसदको कार्यसूचीमा प्रवेश गराएर अनुमोदन गर्ने तयारी गरेपछि थप रणनीति तय गर्न चार नेताको बैठक भएको हो । बिहीबार पहिलो चरणमा अध्यक्ष दाहाल र उपाध्यक्ष गौतमबीच छलफल भएको थियो । त्यसपछि वरिष्ठ नेताद्वय नेपाल र खनाल खुमलटार पुगेका थिए ।

    प्रवक्ता नारायणकाजी श्रेष्ठ भने राष्ट्रिय सभाबाट संविधान संशोधन विधेयक अनुमोदन गर्ने कार्यसूची भएका कारण आफू संसदमै व्यस्त भएको र छलफलमा नगएको बताए ।

    सचिवालयका यी चार सदस्य यथास्थितिमा एमसीसी अनुमोदन गर्न नुहने पक्षमा छन् । एमसीसीलगायतका विषयमा छलफल गर्न भन्दै नेकपाले असार १० का लागि स्थायी कमिटी बैठक बोलाएको छ । एमसीसी पारित हुने कम सम्भावना  देखेपछि प्रधानमन्त्री ओलीले एमसीसीको विषयमा संसदमै सामना गर्ने तयारी गरेका छन् ।

    एमसीसीलाई लिएर सचिवालय र स्थायी कमिटीमा प्रधानमन्त्री ओली अल्पमतमा देखिएका छन् । बिहीबार  एमसीसीको विरोध गर्ने पार्टी नेताहरुमाथि प्रधानमन्त्री ओलीले गम्भीर आरोप लगाएका थिए ।

    प्रधानमन्त्री ओलीले एमसीसीको अध्ययन नगरिकन विरोध भएको भन्दै सम्झौता पढ्न सुझाव दिएका थिए । एमसीसीको बिषयमा आफुले ओलीलाई सहयोग नगर्ने भन्दै बिहीवार उपाध्यक्ष  बामदेव गौतमले खुलेरै बिरोध गरेका थिए।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार