Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • मेरा कार्यकालमा एउटा पनि नराम्रो काम गर्दिनँ : प्रधानमन्त्री प्रचण्ड

    मेरा कार्यकालमा एउटा पनि नराम्रो काम गर्दिनँ : प्रधानमन्त्री प्रचण्ड

    ‘संघीय शिक्षा ऐन मेरो प्राथमिकतामा छ’

    अनलाइन नेपाल
  • शनिबार, २३ पुष २०७९
  • 630
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकारले संघीय शिक्षा ऐन जारी गर्ने विषय आफ्नो प्राथमिकतामा राखेको बताएका छन् ।

    शनिबार बिहान काठमाडौंको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संघीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर रहेको बताएका हुन्।



    बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफ्नो तेस्रो कार्यकाललाई चुनौतीपूर्ण अवसरका रूपमा चित्रित गरे ।



    उनले भने ,‘तेस्रो कार्यकाल मेरा निम्ति चुनौतीपूर्ण अवसर हो । यसलाई हामीले पूराका पूरा सदुपयोग गर्न सक्नुपर्छ । म एउटा पनि नराम्रो काम नगर्ने र गर्न नदिनेमा सचेत छु।

    सिंगो देशले हामीलाई आशाको नजरले हेरिरहेको छ। जनताको त्यो आशालाई सम्बोधन गर्न तपाईं हामी सबै गम्भीर र जिम्मेवार हुनुपर्छ।’

    देशको राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणमा शिक्षकको अहम् भूमिका भएकामा प्रधानमन्त्री दाहालले जोड दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार