Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाल टी-२० लिग : काठमाडौंलाई हराउँदै विराटनगर प्लेअफमा

    नेपाल टी-२० लिग : काठमाडौंलाई हराउँदै विराटनगर प्लेअफमा

    अनलाइन नेपाल
  • शनिबार, २३ पुष २०७९
  • 636
    SHARES

    काठमाडौं । नेपाल टी-२० को लिग चरणको अन्तिम खेलमा काठमाडौंलाई ७ विकेटले पराजित गर्दै विराटनगर सुपर किङ्स प्लेअफ प्रवेश गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रनको लक्ष्य पेस गरेको थियो ।विराटनगरले १८.४ ओभरमा तीन विकेट मात्रै गुमाउँदै १६० रन बनाएर जित हात पार्‍यो ।



    विराटनगरको जितका लागि कप्तान रोहित पौडेलले ४२ बलमा ६६ रनको अर्धशतकीय पारी खेल्दै रन आउट भए । उनले ५ चौका र ३ छक्का प्रहार गरे । ओपनर अर्जुन साउद ७ बलमा २ चौकासहित १० रनमा क्याच आउट भए ।



    हुसेन तलात १२ बलमा २१ रन बनाउँदै अबिनास बोहोराको बलमा बोल्ड भए । त्यस्तै ओपनर गौरान्सु शर्माले ५१ रनको अर्धशतकीय पारीसहित अविजित रहे । पाँचौं ब्याटर विवेककुमार यादव २ बलमा १ चौका र १ छक्कासहित १० रनमा अविजित रहे ।

    काठमाडौंका लागि अबिनास बोहोराले २ विकेट लिए । त्यसअघि, ब्याटिङ गरेको काठमाडौंका लागि ओपनर सन्तोष कार्की र एलेक्स ब्लेकले समान ३४र३४ रन बनाए । यो नै काठमाडौंका लागि सर्वाधिक रन भयो ।

    सन्दीप रजालीले २४ बलमा २ चौका र १ छक्कासहित ३० रन बनाए । ज्ञानेन्द्र मल्लले १३ बलमा २ चौका र एक छक्का प्रहार गर्दै २२ रनमा अविजित रहे । त्यस्तै वसिर अहमदले ८ बलमा एक चौका र एक छक्काको मद्धतमा १७ रनमा अविजित रहे ।

    लोकेश बम राज ननन्को बलमा शून्यमै क्याच आउट भए । त्यस्तै ननन्ले कमलसिंह ऐरीलाई १६.६ ओभरमा डगआउट गराए । विराटनगरका लागि राज ननन्ले उत्कृष्ट प्रदर्शन गरे ।

    उनले ४ ओभर बलिङ गर्दै १३ रन खर्चेर ४ विकेट लिए । नन्दन यादव र कप्तान रोहित पौडेलले समान एकरएक विकेट लिए । यो जितसँगै विराटनगर प्लेअफ पुग्ने तेस्रो टिम बनेको छ ।

    काठमाडौं भने आजै हुने दोस्रो खेलमा पोखरा फारवेष्टसँग पराजित भएको खण्डमा मात्र प्लेअफ पुग्ने सम्भावना रहन्छ । आज दोस्रो खेल फारवेष्ट युनाइटेड र पोखरा एभेन्जर्सबीच हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार