काठमाडौं । नेपालका लागि नयाँ चिनियाँ राजदूत छन् सोङ आइतबार विहान काठमाडौं आउने भएका छन् ।
स्वास्थ्यमा समस्या आएपछि उनी निर्धारित मितिभन्दा करिब दुई हप्ता ढिला नेपाल आउन लागेका हुन् । यसअघि उनी १२ पुसमा काठमाडौं आउने तालिका थियो।
परराष्ट्र मन्त्रालयका अधिकारी र चिनियाँ कार्यवाहक राजदूत वाङ्ग सिनले राजदूत सोङलाई स्वागत गर्नेछ्न् ।
सोङ दक्षिण एसिया मामिलामा अनुभवी चिनियाँ कूटनितिज्ञ हुन्। उनी यसअघि चिनियाँ विदेश मन्त्रालयमा एसियन अफेयर्स डिपार्टमेन्टका उपमहानिर्देशक थिए।
चिनियाँ राजदूत होउ यान्छी कार्यकाल सकेर फर्किएपछि बेइजिङस्थित विदेश मन्त्रालयले नेपालका लागि चिनियाँ राजदूतमा छन् सोङलाई नियुक्त गरेको थियो।
Leave a Reply