Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • आज चिनियाँ र नेपाली कम्युनिष्ट पार्टीबीच कार्यशाला

    आज चिनियाँ र नेपाली कम्युनिष्ट पार्टीबीच कार्यशाला

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असार २०७७
  • 2.5K
    SHARES

    बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र नेपाल कम्युनिष्ट पार्टीबीच पार्टी र देश सञ्‍चालन अनुभव आदानप्रदान तथा चीन र नेपालका सत्तारूढ पार्टीका उच्च पदाधिकारीबीचको गोष्ठी शुक्रबार अपरान्ह हुँदैछ ।

    कोभिड-१९ महामारीका कारण प्रत्यक्ष रूपमा अन्तर्क्रिया हुन नसक्ने भएकाले भिडियोमार्फत् बेइजिङबाट यो कार्यशाला सञ्‍चालन गर्न लागिएको छ। बेइजिङ समयअनुसार अपरान्ह ४ बजेतिर यहाँस्थित जिम्मेवार पार्टी सदस्यहरूले नेपालका कम्युनिष्ट पार्टीका नेताहरूसँग अन्तर्क्रिया गर्नेछन्।



    चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग, चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्र कमिटी र नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय पार्टी स्कूल विभागको संयुक्त संयोजनमा यस्तो कार्यशाला निश्चित गरिएको हो।



    बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टी, अन्तर्राष्ट्रिय विभागका नेताहरूले नेपालका कम्युनिष्ट नेताहरूलाई आफ्ना अनुभव प्रस्तुत गर्नुका साथै सुशासनका लागि पार्टीको अनुशासन, भ्रष्टाचार विरूद्धको शून्य सहनशीलता, समसामयिक विश्व परिस्थितिलगायतका विषयमा प्रशिक्षण दिने बताइएको छ। भिडियो अन्तर्क्रियामा नेपालका तर्फबाट नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल लगायत १ सय भन्दा बढी उच्चस्तरीय नेताहरू सहभागी हुनेछन्। नेताहरूलाई चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ थाओलगायत नेताहरूले प्रशिक्षित गर्ने जनाइएको छ।

    यसअघि गत वर्ष असोजमा दुवै देशका पार्टीको संयुक्त पहलमा काठमाडौंमा दुई दिने विचार गोष्ठी गरिएको थियो। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच पहिलो पटक वैचारिक छलफल गरिएको थियो। त्यस क्रममा माओपछिका सर्वाधिक शक्तिशाली मानिएका सी चिनफिङका विचारधाराका साथै दुवै देशका पार्टीबीच पार्टी तथा शासन संचालनका विषयमाथि बहस गरिएको थियो। त्यतिखेर पनि विभाग प्रमुख सोङ थाओकै नेतृत्वमा प्रशिक्षण सम्पन्न भएको थियो। कान्तिपुर दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार