Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • डा. पंकज चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालतको आदेश

    डा. पंकज चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालतको आदेश

    अनलाइन नेपाल
  • शुक्रबार, २२ पुष २०७९
  • 807
    SHARES

    महोत्तरी । दाइजोसम्बन्धी कसुरमा डा. पंकज चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन शुक्रबार जिल्ला अदालत, महोत्तरीले आदेश दिएको छ ।

    उनकी पत्नी औरही–१ की २१ वर्षीया नेहा चौधरीले दायर गरेको दाइजोसम्बन्धी कसुर मुद्दामा शुक्रबार भएको थुनछेक बहसमा जिल्ला अदालत महोत्तरीका न्ययाधीश हरिप्रसाद शर्मा उपाध्यायको एकल इजलासले रामगोपालपुर नगरपालिका ५ का पंकजलाई थुनामा पठाउन आदेश दिएको हो ।



    गत वर्षको फागुन २५ गते नेहा र पंकजबीच सामाजिक परम्परा अनुसार विवाह भएको थियो । त्यसको ७ महिनापछि नेहाले गत कात्तिक २५ मा फेसबुकमार्फत् दाइजोका नाममा श्रीमान र परिवारका अन्य सदस्यले आफूमाथि हिंसा गरिरहेको बताएकी थिइन् ।



    दाइजोमा घर माग्दै हिंसा गरेको भन्दै नेहाले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएकी थिइन् । यता, नेहाका श्रीमान्‌ले भने उनीविरुद्ध डिभोर्सको मुद्दा दायर गरिसकेका छन् । श्रीमती झगडालू भएको र मानसिक समस्यासमेत रहेको उनको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार