काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले सरकारमा जाने कुनै तयारी नरहेको स्पष्ट पारेको छ ।
शुक्रबार साँझ सभापत शेरबहादुर देउवा निवास धुम्बाराहीमा भएको बैठकपछि महामन्त्री शर्माले बाहिर हल्ला चलेजस्तो कांग्रेसले कुनै तयारी नगरेको बताएका हुन् ।
कांग्रेसले नयाँ गठबन्धन बनाएर सरकारमा जाने तयारी गरेको चर्चा चलिरहेका बेला महामन्त्री शर्माले सरकार जानेबारे कुनै तयारी नगरिएको स्प्षट पारे ।
शुक्रबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटेपछि सञ्चारकर्मीसँगको संक्षिप्त प्रतिक्रियामा महामन्त्री शर्माले भने,’नेपाली कांग्रेस अहिले तत्काल नजाने गाउँको बाटो सोध्दैन । कसैलाई अघि लाग्न पनि भनिरहेको छैन । हामी आन्तरिक जीवनको विमर्शमा छौँ । बाहिरको हल्ला मात्रै हो । कांग्रेस अहिले कुनै नयाँ समीकरण बनाउने काममा संलग्न विलकुल छैन ।’
उनले कांग्रेसले कसैलाई प्रधानमन्त्रीमा अफर गरेको चर्चा भ्रम मात्रै रहेको जिकिर गरे ।
Leave a Reply