Online Nepal
  • बुधबार, १० पुष २०८१
  • अध्यक्ष नेपालले भने – व्यक्तिगत रुपमा प्रचण्डप्रति सकारात्मक छु

    अध्यक्ष नेपालले भने – व्यक्तिगत रुपमा प्रचण्डप्रति सकारात्मक छु

    विचार मिल्ने पार्टीसँग एकता प्रयास भइरहेको छ

    अनलाइन नेपाल
  • शुक्रबार, २२ पुष २०७९
  • 582
    SHARES

    काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति व्यक्तिगत रुपमा सकारात्मक धारणा रहेको बताएका छन् ।

    प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमशेर जवराले राखेको सर्वदलीय बैठकबाट बाहिरिने क्रममा नेपालले यस्तो बताएका हुन् ।



    तर विश्वासको मत दिने कि नदिने भन्ने सरकार कुन ढंगले अगाडि बढ्छ, त्यसअनुसार मात्र निर्णय लिने बताए ।



    अध्यक्ष नेपालले भने, ‘विश्वासको मतबारे जम्मै पक्षको विश्लेषण गर्छौं । व्यक्तिगत रुपमा प्रचण्डजीप्रति सकारात्मक धारणा छ । सरकार कुन ढंगले अगाडि बढ्छ, यो हेरीकन टुंगो गर्छौं ।’

    यस्तौ नेपालले विचार मिल्ने पार्टीसँग एकताको प्रयास भने भइरहेको बताएका छन् । उनले पार्टीले बाम गठबन्धनको आह्वान गरेको भन्दै विचार मिल्नेहरु सहकार्यका लागि आउने विश्वास व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार