काठमाडौं । काठमाडौंमा जारी रहेको पहिलो संस्करणको नेपाल टी–२० लिगमा विराटनगर सुपर किंग्सले फार वेस्ट युनाईटेडलाई १ सय ४८ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रन बनायो ।
विराटनगरका लागि हुसेन तलतले २९ बलमा ५० रनको अर्धशतकीय ईनिङ खेले ।
विवेक कुमार यादवले २० बलमा अविजित ३५ रन बनाए । अर्जुन साउदले २२ रन बनाउँदा कप्तान रोहित पौडेलले २१ रन बनाए ।
फार वेस्टका लागि उमार अलीले दुई तथा करण केसी र दुर्गेश गुप्ताले एक-एक विकेट लिए।
लुम्बिनी अल स्टार्स र जनकपुर रोयल्सय यसअघि नै प्ले अफमा पुगिसकेका छन्।
Leave a Reply