काठमाडौं । कप्तान ट्रेभोन ग्रिफितको अलराउन्ड प्रदर्शनमा लुम्बिनी अलस्टार्सलाई २३ रनले पराजित गर्दै जनकपुर रोयल्सले जारी नेपाल टी-२० लिगमा सातौं जित निकालेको छ ।
टियु मैदानमा भएको खेलमा लुम्बिनी अल स्टारलाई २३ रनले पराजित गरि जनकपुर क्वालिफायरमा प्रवेश गरेको छ ।
जनकपुरका कप्तान ट्राभोन ग्रिफिथले ११ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ४७ रन बनाउँदा १ सय ६० रनको लक्ष्य दिएको हो ।
१ सय ६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन मात्र बनायो ।
लुम्बिनी अल स्टार्सका सागर ढकालले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेल ३ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । प्याट ब्राउनले ४ ओभरमा ४५ रन खर्चेर १ विकेट लिए । ईशान पाण्डेले एक विकेट लिए ।
जनकपुरका कप्तान ट्राभोन ग्रिफिथले ३ तथा समिउल्लाह शिनवारीले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको जनकपुरले १७ ओभरमा ६ विकेट गुमाएर १ सय ५९ रन बनायो ।
जनकपुरका कप्तान ट्राभोन ग्रिफिथले ११ बलमा अविजित ४७ रन बनाउँदा शरफुदिन असरफले १८ बलमा ३४ रन बनाए।
Leave a Reply