काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक आज बस्दै छ ।
कार्यदलको बैठक बिहान ११ बजे बस्न लागेको हो ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रम ल्याउने निर्णय गरेको थियो ।
विहीबार सरकारको साझा कार्यक्रम मस्यौदालाई अन्तिम रूप दिने भनिएको थियो । विहीबार मस्यौदालाई अन्तिम रूप दिन नसकेपछि आज पुनः बैठक बस्न लागेको बताइएको छ ।
एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको कार्यदलको बैठकले न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिनेछ ।
Leave a Reply